महोत्सव अवधीमा नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी
काठमाडौं । नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन।
काठमाडौँ उपत्यकाका साना–ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने ’पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिदै आएको छ । हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा ’ह्युमन बिल्बोर्ड’ डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेट लगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ।
पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टा भित्र, उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भैसक्ने पठाओले जनाएको छ । २०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढि डेलिभरी गर्ने गरेको हमालले बताइन् । पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आइओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन्।
पठाओ पार्सलमा आवद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन्।
नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै ठूलो डेलिभरी कम्पनी भएको हमलको दाबी छ।