बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चितवनको सिमलतालमा दुई वटा गाडी एक आपसमा ठोक्किए

आइतबार, भाद्र १६ २०८१

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा दुई वटा गाडी एक आपसमा ठोक्किएका छन् ।

भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएका छन् भने बसका यात्रु सकुशल छन् । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री, ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया छन् ।

दुवै सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । बसका चालक फरार रहेको र सहचालक नियन्त्रणमा रहेको भण्डारीले बताए । सडकखण्डमा अहिले यातायात नियमित सञ्चालनमा रहेको भण्डारीले जानकारी दिए ।

फाेटाे: नर्बु गुरुङ्ग