शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पारस क्रिकेट मैदानमा उत्रदैँ

लिजेण्ड लिग क्रिकेटमा गुजरातबाट खेल्ने

शुक्रबार, भाद्र १४ २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले लिजेण्ड क्रिकेट लिग खेल्ने हुनुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका पारसले लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन्। उनलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

पारस आबद्ध गुजरातमा क्रिस गेल, असगर अफगान, लिन्डल सिमोन्स जस्ता खेलाडी रहेका छन्। लिजेन्ड्स लिग क्रिकेटको तेस्रो संस्करण २० सेप्टेम्बरबाट सुरु हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । गत संस्करणमा गुजरातले प्ले अफसम्मको यात्रा तय गरेको थियो ।

लिजेण्ड लिग क्रिकेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि सुरु हुँदैछ । लिजेण्ड लिग क्रिकेटमा सन्न्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् । लिजेण्ड लिगमा ६ टिमबीच कुल २५ खेल खेलिने बताइएको छ ।