आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ भाटनपुरूवाबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित भारत बहराईच उत्तर प्रदेश बस्ने ३१ वर्षीय आनन्द बर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने२४ वर्षीय संजय गुरूङलाई अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–३ इतौरा बस्ने ३६ वर्षीय डिल बहादुर महतोलाईअवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम र सोही नगरपालिका–४ पनौती बस्ने १८ वर्षीयकिशोरलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१७ रघुनाथपुरबाट अवैध लागूऔषधगाँजा १० किलो ५ सय ग्राम सहित निजगढ नगरपालिका–१३ रतनपुर बस्ने ३४वर्षीय संदेश स्याङतानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले रघुनाथपुरबाट भोडाहतर्फ जाँदै गरेको प्र.२–०३–०१३ प २४०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक संदेशलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।