बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

यी हुन् एकीकृत समाजवादीको पोलिटब्युरोमा निर्वाचित सदस्य

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ ।

आज बिहान सम्पन्न मत परिणामअनुसार पोलिटब्यूरो सदस्यमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, डा वंशीधर मिश्र विजयी भएका छन् ।

यस्तै, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली, साध्यबहादुर भण्डारीलगायत चयनभएका छन्।

सार्वजनिक मत परिणाम अनुसार पदाधिकारीमा हारेका विरोध खतिवडाले पोलिटब्युरोमा सबैभन्दा बढी मत पाएका छन् ।

उनले २०१ मत पाउँदा दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकोमा चौथो स्थानमा पनि पदाधिकारीमा हारेकी रामकुमारी झाँक्रीले ल्याइन् ।

एकीकृत समाजवादीले बुधबार पदाधिकारीको निर्वाचनमार्फत टुंगो लगाएको थियो । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ ।

यस्तो छ अन्तिम मतपरिणाम