शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तीन अंकले बढ्यो नेप्से

सात वटा समुहले कमाउँदा छ वटा समुहले गुमाए

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार तीन दशमलव ८० अंकले बढेर २७ सय ८६ दशमलव ४० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर चार सय ९८ दशमलव १५ अंकमा पुगेको छ । तीन सय २६ वटा कम्पनीहरुको एक लाख ६८ हजार एक सय ७५ पटकको कारोबारमा तीन करोड ५० लाख ३९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सात वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । नेप्सेमा आज बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव ६१ अंकले बढेर १५ सय ८८ दशमलव ५९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ७९ अंकले बढेर तीन हजार चार सय २४ दशमलव १२ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । बिकास बैंक समुहको सुचक भने ४४ दशमलव ३५ अंकले घटेर ५४ सय ९८ दशमलव ३४ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ६२ दशमलव शुन्य दुई अंकले घटेर ३५ सय ९४ दशमलव शुन्य एक अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव २८ अंकले घटेर १३ हजार सात सय ७४ दशमलव ८४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव ६० अंकले घटेर १३ हजार तीन सय ६१ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी लघुवित्त र व्यापार समुहको सुचक पनि आज घटेका छन्।

नेप्सेमा आज लिर्वटी इर्नर्जी कम्पनीको शेयर मुल्य उच्चरुपमा बढेको छ भने कर्णाली बिकास बैंकको शेयर मुल्य उच्चरुपमा घटेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।