काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टुँडिखेलमा आयोजित कार्यक्रममा विरोध जनाउने युवाहरुलाई रिहा गर्न आग्रह गरेको छ । रास्वपाका सांसद् हरी ढकालले गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनामा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका हुन्।
बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरेका भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताए। उनले युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताए।
उनले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी पनि दिए ।