बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा नियुक्त गरेका हुन् ।

योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् ।

नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए ।

सिग्देललाई साउन १४ देखिनै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको थियो ।

३७ वर्षदेखि सैनिक सेवामा कार्यरत सिग्देल भैरहवाका हुन् ।