शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उच्च अंकले गिरावट

एक सय ११ अंकले घट्दा १८ अर्ब ६४ करोड रुपैंयाँको सेयर किनबेच

मंगलबार, भाद्र ११ २०८१

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से एक सय ११ दशमलव ९६ अंकले घटेर २७ सय ८२ दशमलव ६० अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले घटेर चार सय ९६ दशमलव ४७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ३४ हजार तीन सय ६० पटकको कारोबारमा चार करोड ३८ लाख ६८ हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुुचक ३१ दशमलव ५१ अंकले बढेर सात हजार दुई सय ८१ दशमलव ३७ अंकमा चढेकोमा बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ८१ दशमलव ४६ अंकले घटेर १५ सय ७३ दशमलव ९७ अंकमा झरेकोमा बिकास बैक समुहको सुुचक पनि दुई सय ४२ दशमलव ३० अंकले घटेर पाँच हजार पाँच सय ४२ दशमलव ६९ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि एक सय ८० दशमलव १२ अंकले घटेर तीन हजार छ सय ५६ दशमलव शुन्य तीन अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ४० दशमलव ५५ अंकले घटेर तीन हजार चार सय सात दशमलव ३३ अंकमा झरेको छ । जीवन बीमा समुहको सुुचक पनि पाँच सय २४ दशमलव ५० अंकले घटेर १३ हजार आठ सय ३६ दशमलव १३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ३९ दशमलव ४३ अंकले घटेर १३ हजार चार सय ९२ दशमलव ९१ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल लिमिटेड परेको छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।