आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

किन घट्यो फाईनान्स कम्पनीहरुको खुद मुनाफा ?

मंगलबार, भाद्र ११ २०८१

काठमाडौं । फाईनान्स कम्पनीहरुको खुद मुनाफा निरन्तर घट्दै गएको छ । अर्थतन्त्र पुर्णरुपमा चलायमान नभएकाले पछिल्लो समय फाईनान्स कम्पनीहरुको निक्षेप संकलन एवं कर्जा प्रवाह दुबैमा नकारात्मक असर परेको छ । बजामर पुर्णरुपमा चलायमान नभएकै कारण फाईनान्स कम्पनीहरुले आफ्नो पाकेको व्याज समेत असुल गर्न सकेका छैंनन भने परिपक्व भईसकेको कर्जा समेत असुली गर्न सकेका छैंनन । यसले गर्दा फाईनान्स कम्पनीहरुको खुद व्याज आम्दानी घटेको छ भने खराब कर्जाको मात्र निरन्तर बढ्दै गएको छ । खराब कर्जा बढेसंगै फाईनान्स कम्पनीहरुमा वित्तीय जोखिम पनि बढेको छ।

फाईनान्सहरुले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार एकाध बाहेक सबैजसो फाईनान्स कम्पनीहरुको खुद मुनाफा घटेको छ भने तीन वटा फाईनान्सले खुद नोक्सानी बेहोरेका छन्।

वित्तीय विवरण अनुसार नेपाल फाईनान्सले आव २०८०/०८१ मा एक करोड ८१ लाख १८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा फाईनान्सको यस्तो नाफा दुई करोड एक लाख ३४ हजार रुपैंयाँ रहेको थियो । मञ्जुश्री र आईसीएफसी फाईनान्सले भने आव २०८०/०८१ मा क्रमशः २५ करोड ५८ लाख २० हजार र ११ करोड ८६ लाख ४८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन्।

अघिल्लो आवमा यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः २४ करोड ६९ लाख ९९ हजार र १५ करोड ४८ लाख ८१ हजार रुपैंयाँ रहेको थियो । पोखरा, प्रोग्रेसिभ र सेन्ट्रल फाईनान्सले भने आव २०८०/०८१ मा क्रमशः १० करोड ६५ लाख ५९ हजार, तीन करोड ८० लाख ७६ हजार र छ करोड ३८ लाख ८० हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् । अघिल्लो आवमा पोखरा र सेन्ट्रलले क्रमशः दुई करोड ३८ लाख ५८ हजनार र चार करोड ११ लाख ८२ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा प्रोग्रेसिभले २९ करोड दुई लाख २९ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो।

रिलायन्स, बेष्ट र गोखार्ज फाईनान्सले भने आव २०८०/०८१ मा क्रमशः दुई करोड ८९ लाख २१ हजार, चार लाख ७७ हजार र १० करोड ८९ लाख ३८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा रिलायन्स र गोर्खाजले क्रमशः आठ करोड २६ लाख १२ हजार र २३ लाख ५९ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो भने बेष्टले ८६ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो । श्री इन्भेष्टमेन्ट, गुडविल र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीले भने आव २०८०/०८१ मा क्रमशः छ करोड ६८ लाख ४२ हजार, १४ करोड ८४ लाख २९ हजार र एक करोड ५४ लाख ८९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा श्री इन्भेष्टमेन्ट र गुहेश्वरीले क्रमशः सात करोड ५० लाख १४ हजार र छ करोड ४८ लाख २४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा गुडविलले भने नौं करोड २३ लाख २८ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो।