काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा दिनेशबहादुर अमात्यलाई जिम्मेवारी सुम्पिएको छ।
कम्पनीका अनुुसार कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको पदावधि भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायम मुकायमको जिम्मेवारी दिइएको हो।
कम्पनीको भदौ आईबार गते बसेको सञ्चालक समितिको बैठकले हालका उपकार्यकारी प्रमुख रहेका अमात्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।