बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

साधारण सदस्यबाट निष्काशित भएपछि मुकुल ढकालकाे प्रतिक्रिया : रवि लामिछाने नैतिकरूपले पतित पात्र

मंगलबार, भाद्र ११ २०८१

काठमाडौं ।  रास्वपाले साधारण सदस्यबाट निष्कासित गरेपछि डा मुकुल ढकालले पहिलो प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले प्रतिक्रिया दिएका हुन् । आफू पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निस्कासित भएको उनकाे जिकिर यथावत छ ।

फेसबुकबाट उनले  न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि सभापति रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुपर्ने बताएका छन् ।

‘न्यायिक निकायले क्लबको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनुपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ, उनले लेखेका छन् ।

यसअघि नै आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो ।
ढकाल यसअघि पार्टी महामन्त्रीको भूमिकामा थिए । पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोपमा उनलाई पार्टीको महामन्त्रीबाट हटाइएको थियो ।