शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

मंगलबार, भाद्र ११ २०८१

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेस्थित सडकमा को.१ क ७१० नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री उर्लाबारी नगरपालिका–२ बस्ने ६० वर्षीय गोकुल भट्टराईको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा रोकिराखेको मधेश प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रकमा ना.५८ प ८५९४ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका–६ बस्ने २८ वर्षीय सरोज कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली,को लम्कीचुहा नगरपालिका–४ बलियास्थित सडकमा प्र–२–०३–००१ क २०२७ नम्बरको क्रेनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ४२ वर्षीय किरण प्रसाद शर्माको सोमबार राती मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लम्की अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको लहान नगरपालिका–१९ छरापट्टीस्थित सडकमा मधेश प्रदेश ०६–००१ प ०७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लक्ष्मीपुर पतारी गाउँपालिका–४ बस्ने रामभरोस साहकी छोरी ८ वर्षीया सन्तोषी कुमारी साहको सोमबार राती मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सप्तऋषी अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।