शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नाडा अटो शो २०२४ मा लञ्च

मंगलबार, भाद्र ११ २०८१

काठमाडौं । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कूटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले नाडा अटो शो २०२४ मा बहुप्रतिक्षित नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर लञ्च गरेको छ, जसको मूल्य तीन लाख २४ हजार नौं सय रुपैंयाँ तोकिएको छ।

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरू मध्ये एक हो । युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाईन गरिएको यो स्कूटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ । जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ।

यस स्कूटरमा अब २२० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको छ, जसमा कम्बि–ब्रेकिङ सिस्टमलाई स्ट्याण्डर्डको रूपमा राखिएको छ । यसले स्कूटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ । साथै, यसमा सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ, जसले एकै नजरमा आवश्यक जानकारी प्रदान गर्दछ । रातीको यात्रामा स्पष्टसँग देखिनका लागि र सुरक्षा सुनिश्चित गर्न यसमा एलईडी हेडल्याम्पहरू थपिएका छन् । यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरुले यसलाई थप आकर्षक बनाएको छ । ठूलो १२–इन्चको एलोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स, साथै पछाडिको मोनोशकले स्कूटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ।

डेल्टा अटोकोर्प प्रा.लि. का निर्देशक तथा सीईओ विजय के. महतोले भने, “हामी हाम्रो स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं । प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउँने हाम्रो प्रतिबद्धता रहेको छ । नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ।’’

लन्चको साथमा, डेल्टा अटोकोर्प प्रा.लि. ले नाडा अटो शो २०२४ का लागि “सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम“ को घोषणा गरेको छ । यो स्किममा अप्रिलिया वा भेस्पा स्कूटर बुक गर्ने ग्राहकहरूले रु. १५,००० देखि रु. ७५,००० सम्मको छुट पाउन सक्नेछन् । साथै, शोको समयमा बुक गर्ने ग्राहकहरूले हनर २०० वा हनर २०० प्रोमोबाइल फोनको खरीदमा पाँच प्रतिशतसम्मको छुटको विशेष अफर पनि पाउन सक्नेछन्।

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटरले यसको स्टाइल, प्रदर्शन र अत्याधुनिक सुविधाहरूको संयोजनले सवारी अनुभवलाई माथि उठाउँदै, नेपालमा १२५सीसी प्रिमियम स्कूटर वर्गमा आफ्नो अग्रणी स्थानलाई अझ सुदृढ गर्नेछ।