७९ अंकले घट्दा १९ अर्ब ७४ करोडको शेयर किनबेच
काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ७९ दशमलव ८८ अंकले घटेर २८ सय ९४ दशमलव ५७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ५२ अंंकले घटेर पाँच सय १९ दशमलव ३४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १८ हजार पाँच सय ७८ पटकको कारोबारमा चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय रुपैंंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक ५८ दशमलव ४० अंकले बढेर पाँच हजार चार सय ३० दशमलव ६२ अंकमा चढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ५६ दशमलव ७४ अंकले घटेर १६ सय ५५ दशमलव ४३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ४५ दशमलव १७ अंकले घटेर पाँच हजार सात सय ८४ दशमलव ९९ अंकमा झरेको छ । फाईनान्स समुहको सुुचक पनि एक सय ३९ दशमलव ३३ अंकले घटेर तीन हजार आठ सय ३६ दशमलव १६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ११ दशमलव ४५ अंकले घटेर तीन हजार पाँच सय ४७ दशमलव ८९ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय ६९ दशमलव ४१ अंकले घटेर १४ हजार तीन सय ६० दशमलव ६४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि तीन सय २८ दशमलव ९६ अंकले घटेर १३ हजार आठ सय ३२ दशमलव १४ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मन्दाकिनी हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज अपी पावर लिमिटेड परेको छ।