बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सुनकोशीमा बेपत्ता तीन जनाकाे खाेजी गर्दै सशस्त्रको गोताखोर टोली

गाडी भेटियो, एक जना उपचारपछि डिस्चार्ज

आइतबार, भाद्र ९ २०८१

सिन्धुली । शनिबार साँझ सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाडी भेटिएको छ । प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी आइतबार बिहान २ बजे खसेको केही मिटर तल नदीमा भेटिएको हो ।

खोटाङको हलेसीबाट भक्तपुर जाँदै गरेको उक्त गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको खसेको थियो ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो वहाबमा डुबेको गाडी जेसिभिको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिए ।

आइतबार विहान घटनास्थलमा पुग्नु भएका प्रहरी उपरिक्षक काफ्लेकाअनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिकेपनि गाडीमा सवार चालकसहित तीन जना अझै बेपत्ता छन् ।

बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् ।

गाडीमा चार जना सवार थिए । घाईते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।