चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा भएको बस दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ। घाइते हुनेहरुमा अधिकांश कञ्चनपुर र कैलालीका रहेका छन्।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।
घाइते मध्ये पाँच जनाको अबस्था मध्यम र १३ जनाको अबस्था सामान्य रहेको छ । दुर्घटनामा परी कन्चनपुरकी तारा भट्ट, कैलालीकी हरिकला थापा, सोही जिल्लाका कैलाश विक, कृष्णा विक, जयन्ती विक, कन्चनपुरका दिल बहादुर सुनार, कन्चनपुरकै समिदेवल राना, कैलालीका शेर बहादुर विष्ट, बझाङका बसन्त बोहोरा, कन्चनपुरका भिमदत्त धर्म खड्का, सोही जिल्लाका कन्चनपुर भिमदत्त न.पा.१० बस्ने बर्ष २० को दपेश भट्ट, दार्चुलाका लक्ष्मण बम, कन्चनपुरका भिमसेन सार्की, बैतडीका जनक बिजाली, कन्चनपुरका विनोद सार्की, डडेल्धुराका देव बहादुर भुल, चितवनको भरतपुरका बिपिन न्यौपाने, डोटीका कृष्ण ओझा घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
उनीहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एससी भाबेस रिमालले जानकारी दिए ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसमा ३४ जना सवार रहेको बताइएको छ ।