ललितपुर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले वित्तीय साक्षरता प्रदान गरेको छ । फाईनान्सले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२ मा अवस्थित महिलाहरुको वित्तीय जानकारी अभिबृद्धिका महिलाहरुका लागि बचत तथा लगानी, बजेट निर्माणएंव पारिवारिक खर्च व्यवस्थापन, डिजीटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार र सि–आस्वा, लघु उद्यम तथा व्यवसाय, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायत सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
फाईनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरताकार्यक्रम संचालन गरेकोमा नेशनल ईन्स्टिच्युट फर करियर डेभेलपमेन्ट तर्फबाट प्रतिनिधि, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान तथा कर्मचारीहरुको समुपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत देखि नै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसै गरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा संस्था प्रतिबद्व रहेको फाईनान्सले जानकारी दिएको छ।
फाईनान्सले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । फाईनान्सले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, सेफ डिपोजित लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको जनाएको छ।