बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटियाे, ३ जना बेपत्ता

आइतबार, भाद्र ९ २०८१

काठमाडौं । सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटिएको छ ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको हाइलेक्स गाडी शनिवार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । सो गाडी आइतवार बिहान २ बजेतिर नदीमै फेला परेको हो ।

गाडीसँगै सुनकोशी नदीमा खसेका तीनजना भने अझै बेपत्ता छन् । सिन्धुली प्रहरीका अनुसार हाइलेक्समा सवार चार मध्ये नदीमा खस्दा तीन यात्रु वेपत्ता भएका हुन् । एक जनाकाे भने उद्धार गरिएकाे थियाे ।

घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

बेपत्ता हुनेमा भक्तपुरको जगाती बस्दै आएका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय पुनित सैंजु र ३७ वर्षका बलाम घटुवा छन् ।

जगातीकै २७ वर्षीय सुशान्त कक्षपति भने हाम्फालेर बाँचेको थिए । कक्षपतिको टाउको र पातामा चोट लागेको छ ।