काठमाडौं । कैलालीको धनगढीस्थित पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ ।
नेपाली सेनाको डिस्पोजल टोलीले उक्त बस्तु आज विहान निस्कृय पारी सकेको छ ।
झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो भरेर राखिएको थियो । त्रास फैलाउने र चेतावनी दिने शैलीमा त्यहाँ शङ्कास्पद बस्तु राखिएको प्रहरीले अनुमान गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।