बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्ने मौका

शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्न सक्ने नयाँ अफर सुरु गरेको छ । यो अफर २०८१ भदौ सात गतेदेखि २०८१ भदौ २१ गतेसम्म मान्य कम्पनीले जानकारी दिएको छ।

प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्र्माट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले एयर पड जिन सक्नेछन् । यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप एस्ट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्दछन्।