शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाली सेनाद्धारा २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान (विज्ञापनसहित)

शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सुचना जारी गर्दै रिक्त अधिकृत (सहायक सेनानी र उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी-जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ।

त्यसका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले असोज ५ गतेसम्म दरखास्त दिन सक्ने भर्ना छनौट निर्देशनालय जंगी अड्डाले जनाएको छ।