काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले खेर नजाने बीमा योजना सुरु गरेको छ । देशको बीमा बजारमा विगत द्दड वर्ष देखि सेवा प्रदान गर्दै आएको नेकोले आफ्ना ग्राहकहरुको सूविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको हो।
यात्रा बीमा अन्तर्गत तपाई आफ्नो देश बाहिर यात्रा गर्दा हुने अप्रत्याशित र आपतकालिन खर्चहरुको जोखिम बहन गरिने कम्पनीको भनाई छ । यस अन्र्तगत यात्राको क्रममा हुन सक्ने व्यक्तिगत दुर्घटना, अप्रत्यासितरुपमा हुन सक्ने मेडिकल खर्च, व्यक्तिगत दायित्व, यात्रामा हुने ढिलाई, हाईज्याक अर्थात अपहरण, कानुनी खर्च आदि रहेका छन् । यो योजना अन्र्तगत बैदेशिक यात्रामा रही माथि उल्लेख भएका अनेक सुविधाहरुको साथसाथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौंसम्म पनि स्वास्थ उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।