काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथसाथै मानिसहरूको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय–समयमा विभिन्न नवीनतम सेवाहरु विस्तार गर्ने कुरा पनि यथावत् नै छ।
हालै गुगलप्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवा अब प्रयोगकर्ताहरुलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको छ । अब इसेवाबाट प्रयोगकर्ताहरूले बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै रु. २ लाखसम्मको व्यावसायिक कर्जा सजिलै प्राप्त गर्न सक्नेछन् । कुमारी बैंक लिमिडेट र फोन लोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई इजी लोन नाम दिइएको छ।
पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा भविष्यमा चाँडै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरुलाई उपलब्ध हुने इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । इजी लोनको बारेमा थप बोल्दै प्रमुख कार्यकारी अधिकृत खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिदै आगामीदिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने कुरामा पनि विश्वस्त पार्नु भयो।
भुक्तानी प्रदायक सेवाको रुपमा प्रख्यात इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम बियोण्ड पमेमेन्टको थालनी भएको घोषणा गरेको छ।