बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मुकुल ढकाललाई फेरि एक पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

बुधबार, भाद्र ५ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसअघि पनि ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाएका थिए।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको बुधबारको केन्द्रीय समिति बैठकले ठहर गरेको छ ।