शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बंङ्गलादेशमा तय भएको २०२४ को महिला टी-२० विश्वकप यूएईमा हुने

बुधबार, भाद्र ५ २०८१

काठमाडौं । २०२४ को महिना टी-२० विश्वकप यूएईमा हुने भएको छ । यसअघि बंङ्गलादेशमा आयोजना हुने भनिए पनि त्यहाँको परिस्थितिका कारण यूएईमा सारीएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ।

महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने भनिएको थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो।

अब महिला टी(२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ।