काठमाडौँ । यू-२० साफ च्याम्पियनसिपमा बंगलादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको हो ।
समूह ‘ए’ को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल र बंगलादेश समूहको अन्तिम खेल अगाडि सेमिफाइनलमा पुगेका हुन् ।
लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । नेपाल र बंगलादेशबिच बिहीबार खेल हुनेछ ।