बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कामना सेवा विकास बैंकद्वारा गमला हस्तान्तरण

सोमबार, भाद्र ३ २०८१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गमला हस्तान्तरण गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरिएको हो।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्र्तगत संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपुन’ भन्ने उद्धेश्यले कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको हो । बैंकका कोशी प्रदेशका प्रमुख मोहनदत्त खनालले ती गमला उक्त संस्थाका अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरिएको बताइएको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अन्य संस्थाका प्रतिनिधिकहरुको समेत उपस्थिति रहेको थियो। यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जानकारी दिएको छ।