बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

माेटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारकाे मृत्यू

सोमबार, भाद्र ३ २०८१

चितवन । चितवनकाे खैरहनीमा मोटरसाइकल दुघर्टना हुँदा प्रहरी हवल्दारकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार हेमन्त कुमार श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

खैरहनी नगरपालिका–८ बाबा पेट्रोलपम्प स्थित पूर्व पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमल तर्फ आउदै गरेको गरेको बा.प्र.०३–००३ प ६३७ नम्बरको मोटरसाइकल आज बिहान २ः४० बजे दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो।

दुघर्टनामा परी गम्भीर घाइते भएका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा बिहान ३ः १९ बजे चिकित्सकले मृत्यु घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ।लमजुङको राईनस नगरपालिका–६ धमेलीकुवा स्थायी घर भईहाल चितवन रत्ननगर नगरपालिका–१५ (खोलेसिमल बजार नजिकै) श्रेष्ठको परिवार बस्दै आएको थियो। सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।