बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेलिरहेको अवस्थामा नौं जना पक्राउ

आइतबार, भाद्र २ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका–१ घर भएका ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।