बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

अदृश्य सामाजिक वन्धनहरु कमजोर हुँदा अपराध बढ्यो : प्रधानमन्त्री ओली

आइतबार, भाद्र २ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् ।

शनिवार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएका कारण समाज अपराध बढेको बताए ।

उनले यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताए । उनले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने बताए । मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उनको भनाई छ । उनले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताए।

उनले भने–‘दण्ड, सजायले मात्रै समाज चल्दैन । समाज सामाजिक प्रवन्धहरुले चल्छ । प्रहरी, अदालत, अपराध भइसकेपछि अनुसन्धान गर्नेले अथवा अपराध भइसकेपछि अभियोजन गर्नेले, अभियोजन भइसकेपछि बहस गराएर सुनेर फैसला गर्ने निकायहरुले रक्षा नै गर्न सक्दैनन् । शान्ति, सुव्यवस्थाको पनि रक्षाजुन हुन्छ समाजलाई पथप्रदर्शन गर्ने, सुव्यवस्थासाथ चलाउने । ति अदृश्य वन्धनहरु कमजोर भएका छन् । नैतिक वन्धनहरु कमजोर भएका छन् । वाचा वन्ध गर्न सक्दैनन् । यदि नागरिक सचेत भएनन् भने । नागरिकले आफ्नो दायित्व बुझेन भने । प्रजातन्त्र भनेको त नागरिक समाजकै सरकार हो, शासन हो । व्यवस्था हो । त्यो कुरा नबुझेर यो सरकार मेरो हो । यो शासन मेरो हो । यो प्रणाली मेरो हो भन्ने बुझेन भने प्रहरीले केही काम गर्न सक्दैन । अदृश्य वन्धन नहरु कमजोर भएका छन् । सामाजिक वन्धनहरु कमजोर भएका छन् । सकारण अहिले मुद्दा नै मुद्दा भएका छन् ।’

प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए ।