शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका

शुक्रबार, साउन ३२ २०८१

काठमाडौं । सोलुखुम्बुको थामे खोलामा भीषण बाढी आएको छ । अकस्मातको बाढीको कारण हिमताल फुटेको आशंका छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ को थामेका स्थानीयले माथिल्लो भागमा हिमताल फुटेको हुनसक्ने बताए । बाढीले गाउँको धेरै भूभाग डुबानमा परेको छ ।

सुदूर उत्तरको गाउँमा बाढीले पुर्याएको क्षतिबारे यकिन जानकारी प्राप्त नभइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।