बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

अमेरिकी उप–विदेशमन्त्री नेपालमा

शुक्रबार, साउन ३२ २०८१

काठमाडौं ।  अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आएका छन् ।

रिचार्ड आज नेपाल भ्रमणमा आएका हुन् । उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका छन् ।

आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्रीपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यक्रम छ ।