बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

शुक्रबार, साउन ३२ २०८१

काठमाडौं । डोटीमा बस दुर्घटना भएको छ।

कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ।

बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।