शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उच्च अंकले बृद्धि

४३ अंकले बढ्दा २९ अर्ब भन्दा बढीको शेयर किनबेच

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन ३४ दशमलव ३९ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से ४३ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव शुन्य एक अंकले बढेर पाँच सय ३५ दशमलव ५१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको तीन लाख ११ हजार पाँच सय ३६ पटकको कारोबारमा छ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक एक सय २१ दशमलव १८ अंकले घटेर तीन हजार आठ सय ४८ दशमलव ७१ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव ३५ अंकले घटेर १४ हजार सात सय १४ दशमलव ५८ अंकमा झरेको छ । यि बाहेक उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज ९० दशमलव १८ अंकले बढेर १६ सय ८४ दशमलव ९३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ७३ दशमलव २३ अंकले बढेर पाँच हजार सात सय ६२ दशमलव ८५ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुुचक पनि ३० दशमलव १४ अंकले बढेर तीन हजार आठ सय नौं दशमलव ६६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३४ दशमलव ३४ अंकले बढेर १४ हजार तीन सय ६३ दशमलव ७८ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुटवल पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ।