शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहिबार, साउन ३१ २०८१

झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।