काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित सडकमा को.१ च५१९१ नम्बरको कार र मधेस प्रदेश–०१–००४ प२७८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका–५ बस्ने ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१२स्थितसडकमा बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०१–००१च ७६५५ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका–१३ बस्ने ६५ वर्षीय राम प्रसाद घिमिरेको बुधबार बेलुकी मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।