२० प्रतिशतसम्म डिस्काउण्ट अफर
काठमाडौं । चिनियाँ टेक जाईन्ट कम्पनी यू एन भिले आफनो नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । । राजधानी काठमान्डौको सिटिसि मल सुन्धाराको दोस्रो तल्लामा वुधवार व्यवसायी मिनबहादुर गुरुङ,रोवोर्ट तथा कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले संयुक्त रुपमा सोरुमको उद्धघाटन गरे।
सोरुममा यू एन भि कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम ,अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाईजेसनमा आधारित एटेन्डस सिस्टम (ई–हाजिरी), भिडियो ईन्टरकम सिस्टम, ६५ ईन्च, ७५ ईन्च, ८६ ईन्च र ९८ ईन्चका स्मार्ट ईन्ट्रयाक्टिभ बोर्ड लगाएतका डिजिटल सेक्युरीटिका सबै प्रोडक्ट र सर्भिसहरु उपलब्ध हुने यू एन भिस्टोर प्रा.ली का डिरेक्टर हरिराम रिमालले बताए । त्यसैगरी निकटभविष्यमा नै नेपालमा अत्याधुनिक रुचाईएको ईभि कार को चार्जिङ स्टेशनहरुमा सहकार्यको लागी छलफल भईरहेको पनि रिमालले बताए।
कार्यक्रमका प्रमुख अतिथी भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले आँफुहरुले यो टिमसंग विगत १६ बर्षयता डिजिटल सोलुसन लिईरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरुमा सहकार्य गर्न आँफुहरु ईच्छुक रहेको बताए । त्यसैगरी यु एन भी कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले साउथ एसियामै नेपालीहरु व्यवसायिक रुपमा ईमान्दार र मेहनती रहेको र आँफुहरु नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन ईच्छुक रहेको बताए । यू एन भी स्टोरका संस्थापकद्धय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भएपनि आँफुहरुले ५ वर्ष सहकार्य गर्दा व्यवसायिक रुपमा परिपक्व पाएको बताए।
सुभारम्भको अवसरमा स्टोरले ओपनिङ डिस्काउण्टको रुपमा प्रायः सवै प्रोडक्टहरुमा २० प्रतिशत डिस्काउण्ट उपलब्ध गराएको र र अर्को सुचना नआएसम्म डिस्काउण्ट कायम रहने डिरेक्टर रिमालले बताए ।स्टोरको उद्धघाटन सत्रमा ४ सय भन्दा धेरै सहभागीहरुले स्टोरको अवलोकन गरेको र देशभर १ सय ५० भन्दा धेरै डिलरहरुले काम गरिरहेकोले देशैभर यू एन भि का उत्पादनहरु उपलब्ध रहेको र स्मार्ट स्टोरहरुलाई विस्तार गर्दै जाने यू एन भि नेपालका सेल्स हेड सार्दक अधिकारीले बताए।