काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ।
ब्रेन ट्युमरका कारण उनको उपचारका क्रममा गएराति ११ बजे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।
६१ वर्षीय रेग्मीको अहिले पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ।
न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।
रेग्मीका श्रीमती र एक छोरी रहेका छन्