बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माओवादी केन्द्रको आज बस्ने स्थायी समिति बैठकमा प्रचण्डले जवाफ दिने

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् ।

आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उनले जवाफ दिने भएका हुन् ।

गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ ।

जारी बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले जोड दिएका छन् ।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए ।