बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सिन्धुलीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु, १३ जना घाइते

बिहिबार, साउन ३१ २०८१

काठमाडौं। सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीको तिनकान्या बाट सदरमुकाम तर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिए ।

वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उनहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटना पछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।