शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

खेलकुद मन्त्रालयका सचिवले अपमानजनक व्यवहार गरेको सांसद कुसारीको गुनासो

मंगलबार, साउन २९ २०८१

काठमाडौं । प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छिन्।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको बताएकी हुन्। उनले आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षण समेत गराएकी छिन्।