शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यस बर्ष रु १ लाखको ‘जनगायक जेबी टुहुरे स्मृति स्रष्टा सम्मानֹ’ खुसीराम पाख्रिनलाई

एमइआरसीले टुहुरेको सम्झनामा फुटसल प्रतियोगीता आयोजना गर्दै

मंगलबार, साउन २९ २०८१

काठमाडौं । संगीत क्षेत्रका वरिष्ठ साधक, गीतकार, लेखक, साँस्कृतिक आन्दोलनका अगुवा, गायक, संगीतकार, स्थापित प्रगतिशिल वरिष्ठ कलाकार खुसीराम पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे स्मृति स्रस्टा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ । जेवि टुहुरे फाउण्डेसनले रु १ लाख धनराशी सहित पाख्रिनलाई सम्मान गर्ने निर्णय गरेको हो।

ईश्वरचन्द्र ज्ञवाली अध्यक्ष तथा माधव प्रधान, केशरी घर्ती मगर रहेको जेबी टुहुरे स्मृति फाउन्डेसन सम्मान सिफारिस समितिको बैठकले पाख्रिनलाई सम्मान गर्ने निर्णय गरेको फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले वताइन् । आगामी भदौ १० गते इच्छुक प्रतिष्ठान, घट्टेकुलोमा गरिने साङ्गीतिक समारोहमा प्राख्रिनलाई सम्मान गरिने भएको हो । पाख्रिनले ए श्रमीक दुखीजनहरु, वीरहरुको रगतले जस्ता जनवादि गीत गाएका छन् ।

त्यस्तै एमइआरसी क्लबले जनगायक जेबी टुहुरेको सम्झनामा फुटसल प्रतियोगीता तथा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी भदौ ९ र १० गते सञ्चालन हुने फुटसल प्रतियोगीता ललितपुरस्थित बिनायक स्पोट कम्प्लेक्समा हुनेछ । उक्त प्रतियोगीतामा विजेता हुने टिमले रु १,११,१११ प्राप्त गर्नेछ । प्रतियोगीतामा जम्मा भएको केहि रकम बालबालिका हेरचार तथा उद्धार केन्द्रमा सहयोग गरिने एमइआरसी क्लबका अध्यक्ष प्रवेश लिम्बुले जानकारी दिए।

२००१ कातिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिंदै कैयौं जनवादी गीत गाएका थिए।

बसाइँ हिंड्नेको तातीले, आमा दिदी बैनी हो जस्ता कालजयी गीतहरू आजसम्म पनि हरेक जनताले गुन्जाइरहेका छन्। तत्कालीन संविधानसभा सदस्य समेत रहेका जुठबहादुर खड्गी (जेबी टुहुरे) को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो।

जनगायक जेबी टुहुरेको स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत दुई वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।