पर्सा । वीरगंज महानगरपालिका–७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ सोही महानगरपालिका–१० प्रगती टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका–१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएका सितारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।