काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्स्ले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ।
हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्ले आफ्नोे सीधा उडान पुन: सञ्चालन गर्न लागेको हो , कम्पनीले भनेको छ । यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ।
हाम्रो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छौं, कम्पनीले भनेको छ । सुरुवातमा, हामी काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएको कम्पनीको भनाई छ । काठमाडौँ–कुवेत उडान काठमाण्डाँैबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौँ उडान कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्ने जानकारी कम्पनीले दिएको छ।