शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पहिलो पटक भूमिब्यवस्था मन्त्री ट्रष्टको अध्यक्ष

नेपाल ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण र उपयोगमा ध्यान दिन मन्त्री अधिकारीको निर्देशन

सोमबार, साउन २८ २०८१

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तीलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षको रुपमा पहिलो पटक नेपाल ट्रष्टको कार्यालय कमलादीमा पुगेर मन्त्री अधिकारीले मातहतका निकायबाट बिफ्रिङ् सुनेपछि सो निर्देशन दिएका हुन्।

नेपाल ट्रष्टसंग काठमाडौंलगायत देशका बिभिन्न भुभागमा जग्गा जमिन, ऐतिहासिक दरबार, ब्यवसायिक भवनहरु, बिभिन्न निकायमा सेयर रहेको उल्लेख गदैं मन्त्री अधिकारीले भएका सम्पत्तीमार्फत ट्रष्टलाई मुनाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रष्टमातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरुको खोजबिन गर्न मन्त्री अधिकारीले निर्देशन दिए । मन्त्री अधिकारीले ट्रष्टका सचिव रामआधार शाहलाई हालसम्मको प्रगति बिवरण र आउने आर्थिक बर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरुको लिष्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन निर्देशन समेत दिए।

बिफ्रिङ् तथा मन्त्रीको स्वागत कार्यक्रममा सचिव, सञ्चालक समितिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थीति रहेको थियो । प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको अध्यक्ष प्रधानमन्त्रीले भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीलाई जिम्मेवारी ताकेको थिए।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐर्श्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरे मुताविक नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको हो।