बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

सोमबार, साउन २८ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा ओली र विदेश सचिवबिच समसामयिक विषयमा छलफल समेत भएको थियो ।

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिइन् ।