शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चलचित्र ‘मोहर’मा बेनिशा हमाल मुख्य अभिनेत्री

आइतबार, साउन २७ २०८१

काठमाडौं । निर्देशक ओम प्रतीकको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘मोहर’ मा अभिनेत्रीको रूपमा बेनिशा हमाल भित्रिएकी छिन् ।  निर्माण पक्षले अभिनेत्री हमाललाई मुख्य अभिनेत्रीको रूपमा शुक्रवार अनुबन्ध गरेको हो ।

निर्देशक प्रतीकका अनुसार अभिनेत्री हमालसँग कागजी सम्झौतासमेत गरिएको छ ।

योसँगै अब यो चलचत्रिमा पल शाह, नीति शाह, अर्जुनजंग शाही तथा बेनिशा हमालको मुख्य भूमिका रहने निश्चित भएको निर्देशक ओम प्रतिकले कलाकर्मीलाई जानकारी दिए। चारजना योग्य कलाकारको सहभागिताले ‘मोहर’ को लाइनअप बलियो भएको निर्देशक प्रतीकको तर्क छ ।

निर्देशक ओम प्रतीकले दुई महिनाअघि एउटा पोष्टर सार्वजनिक गर्दै यो चलचित्र निर्देशन गर्ने घोषणा गरेका थिए । नीतिसँगै अभिनय गर्ने एकजना अभिनेत्री तथा एक जना अभिनेताको खोजि भइरहेको छ । फिल्म मेकर्स प्रालिको व्यानरमा बन्ने यो चलचित्रका निर्माता चुम्बनजंग शाही छन् । दिपेन बस्न्यातले छायांकन गर्ने यो चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन रहनेछ । कमेडी, एक्सन, सोसल ड्रामा तथा लभ स्टोरीसहितको जनरामा बन्ने यो चलचित्रको छायांकन आगामी माघ महिनादेखि प्रारम्भ गरिने निर्माण पक्षको योजना छ ।