बाँके । बाँकेमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएका छ ।
मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका ९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकले चलाएको बाप्र ०३००५ प २०५५ नम्बरको मोटरसाइकललाई बाँकेको बैजनाथ गाउँपालिका जिगाँउ चोकमा शनिवार भे १ क २०६२ नम्बरको ट्कले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका विकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जनाको उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।