बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

माछापुच्छे बैंक र इ–क्यान, झापा बीच सम्झौता

शुक्रबार, साउन २५ २०८१

काठमाडौं । माछापुच्छे बैंक लि. र शैक्षिक परामर्श संघ नेपाल ( इ—क्यान, झापा) बिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इ—क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका हुन।

सम्झौता पश्चातइ—क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै इ—क्यान ,झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्ट मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन्।

माछापुच्छे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।